स्वास्थ्य

स्याङ्जा, वैशाख २५ गते । अटो इन्जिनियर एशोसियन स्याङ्जाले गह्रौं प्रथामिक अस्पताल वालिङलाई ११ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । अस्पतालमा कोरोनाभाइरस संक्रमितका लागि अक्सिजनको अभाव हुन नदिन अक्सिजन सिलिन्डर प्रदान गरिएको हो ।

अक्सिजन अभावले कोरोना संक्रमितहरुको ज्यान जोखिम नहोस् भन्ने उद्धेश्यले अक्सिजन सिलिन्डर प्रदान गरिएको एशोसियसनका अध्यक्ष राजु तिवारीले बताए । करिब २ लाख बराबरको अक्सिजन सिलिन्डर वालिङ नगरपालिकाका उपप्रमुुख कल्पना तिवारीको रोहोबारमा अस्पतालका डाक्टर सरोज थापा र वालिङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कमलप्रसाद पाण्डेलाई हस्तारण गरेका थिए ।