समाचार

स्याङ्जा, माघ २२ । लोकप्रिय सर्जक रेम गुरुङको नयाँ गीत बजारमा आएको छ । ‘फूल रोको कस्ले देख्छ र ?’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो । गीतलाई सर्जक गुरुङको युट्युब च्यानल ‘रेम गुरुङ’ मार्फत बजारमा ल्याइएको हो । 

चर्चित गायक तथा सारङ्गीवादक हेमन्त कान्छा रसाईलीले गीतमा स्वर भरेका छन् भने शब्द र संगीत सर्जक गुरुङको रहेको छ ।

त्रिवेणी स्टुडियो रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोको छायाङ्कन चक्र बराल, सम्पादन टेकेन्द्र शाह र निर्देशन ईश्वर बल्लव उप्रेतीले गरेका हुन् । गीतको भिडियोमा गायक रसाईली स्वयंले ‘लिप्सिङ’ अभिनय गरेका छन् ।

सर्जक सदाबहार गायिका शर्मिला गुरुङको भाई हुन् । उनी हाल अध्ययनको शिलशिलमा सपरिवार अष्ट्रेलियमा छन् ।