समाचार

स्याङ्जा, माघ २२ । स्याङ्जा हरिनास ६ बाहुन्दीका २१ जनाले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा (एमाले) पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा (एमाले) हरिनास गाउँपालिका कमिटीका अध्यक्ष एवं हरिनास गाउँपालिका प्रमुख खिम नारायण मानन्धरले पार्टी प्रवेश गराएका हुन् । उनीहरुलाई रातो टीकाद्वारा पार्टी प्रवेश गरिएको थियो । 

नेकपा (एमाले) हरिनास गाउँ कमिटीले गरेका रचनात्मक कार्यहरुबाट आफूहरु प्रभावित भएर एमाले पार्टी प्रवेश गरेको ओम नारायण मानन्धरले बताए । ‘हरिनासको सर्वाङ्गीण विकासका लागि एमालेको भूमिका महत्वपूर्ण छ,’ मानन्धरले भने, ‘त्यसैले आजदेखि एमाले भयौं ।’

पार्टी प्रवेश कार्यक्रममा बोल्दै गाउँपालिका कमिटीका अध्यक्ष एवं हरिनास गाउँपालिका प्रमुख खिम नारायण मानन्धरले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण एमाले बाहेक कसैले गर्न नसक्ने दावी गरे । उनले भने, ‘देश बनाउने क्षमता एमालेसँग मात्रै छ । अरु सपना बाँड्ने मात्रै हुन् ।’ हरिनासको विकासका लागि आफूले देखेका सपना पुरा गर्न सबैलाई आफ्नो अभियानमा साहभागी हुन समेत उनले आग्रह गरे । 

को हुन् नवप्रवेशी २१ जना ?

१. ओम नारायण मानन्धर

२. कृष्ण नारायण मानन्धर

३. लोक नारायण मानन्धर

४. खम नारायण मानन्धर

५. दम नारायण मानन्धर

६. तम कुमारी मानन्धर

७. भिम कुमारी मानन्धर

८. देउका मानन्धर

९. अञ्जु थापा

१०. जौ माया थापा

११. लेख माया थापा

१२. मिना कुमारी मानन्धर

१३. खगीसरा थापा

१४. तारा थापा

१५. पवित्रा थापा

१६. प्रेम मानन्धर्

१७. हुम बहादुर थापा

१८. मनिता थापा

१९. पुर्ण माया थापा

२०. नन्द कुमारी थापा

२१. दिल बहादुर नेपाली