समाचार

काठमाडौँ, माघ २९ । सरकारले निर्धारण गरेको दूधको मूल्यप्रति डेरी उद्योगीले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिदद्वारा कच्चा दूधको मूय वृद्धि गर्ने निर्णय गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले प्रशोधित दूधको उपभोक्ता मूल्य वृद्धि गरेको छ । यो वृद्धिमा कच्चा दूधको मूल्यमा ६.५२ पैसा वृद्धि गरी प्रतिलिटर ५६.४० रुपियाँ र प्रशोधित दूधको मूल्य नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण भएको छ । डीडीसीले निर्धारण गरेको उपभोक्ता मूल्यमै निजी क्षेत्रले पनि दूध बिक्रि गर्नुपर्छ ।

तर यस पटक निजी क्षेत्रका डेरी उद्योगीले आफ्नो प्रशोधित दूधको मूल्य आफैँ निर्धारण गर्दै डीडीसीको भन्दा एक रुपियाँ बढेर प्रतिलिटर मूल्य ८६ रुपियाँ बनाएका छन् । डेरी उद्योगीको छाता संङ्ठन डेरी उद्योग सङ्घ र नेपाल डेरी एसोसिएसनले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गरी दूधको मूल्य सार्वजनिक गरेका हुन् । 

स्रोतः गोरखपत्र अनलाइन