समाचार

दाङ, माघ २९ । दाङमा जन्ती चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा २२ जना जन्ती घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

भारत उत्तर प्रदेशको शंकरपुरबाट दुलही लिन कोइलावास हुदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारती नम्बर प्लेट युपी ४६ टि २८३७ को पिक अप भ्यान गढवा ५ चिसापानी नजिक शुक्रबार साँझ करिब ७ बजेतरि दुर्घटना भएको थियो । 

घाइते सबैको लमही अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाए । दुलाह भने अर्को गाडीमा चढेकाले सशकुल रहेका छन् ।