समाचार

गल्याङ, फागुन ३ । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरपालिकाभरका बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाभरका २२ हजार ओटा बाख्राका लागि खोप लगाइने भएको हो । 

११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गते सम्म सञ्चालन हुने नगरपालिकाका प्रशासकीय प्रमुख दामोदर शर्माले जानकारी दिएका छन् । बाख्रामा लाग्न सक्ने पिपिआर रोथ महामारीको रुपमा फैलन सक्ने भन्दै गल्याङ नगरपालिकाले पहिले नै खोपको व्यवस्थाप गरिएको प्रशासकीय प्रमुख शर्माले बताए । 

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बाख्रामा लाग्न सक्ने रोगको रोकथामका लागि निःशुल्क खोपको व्यवस्थापन गरिएको बताए । व्यसायिक रुपमा बाख्रापालन गर्नेहरुको संख्या बढिरहेको भन्दै रोगको अग्रिम रोकथामका लागि नगरपालिका तयारी अवस्थामा रहेको प्रमुख अधिकारीले बताए । उनले भने, ‘उत्पादन बढाउनका लागि नगरपालिकाले कुनै कसर बाँकी राख्दैन । किसानहरुलाई आवश्यक पर्ने सबै कुरामा नगरपालिका जिम्मेवार छ । 

नगरपालिका भरका एउटा पनि बाख्रा नछुटुन् भन्ने हिसाबले वडा मार्फत खोपको व्यवस्थापन गरिएको जानकारी दिए । 

गल्याङ नगरपालिकाले दुधमा प्रतिलिटर १५ रुपैयाँको अनुदानको व्यवस्था गर्दै आएको छ । दुधलाई आत्मनिर्भर बनाउदै गल्याङ नगरपालिकालाई सेतो सहरको रुपमा विकास गर्ने नगरपालिकाको रणनीति उल्लेख छ ।