समाचार

स्याङ्जा, फागुन ७ । हरिनास गाउँपालिकामा माओवादी केन्द्रका दर्जनौं नेता–कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । 

नेकपा माओवादी केन्द्र हरिनास गाउँपालिका कमिटीका उपाध्यक्ष हिमालध्वज थापा सहित २६ जनाले माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् । शनिबार संयुक्त रुपमा प्रेस विज्ञप्ति मार्फत माओवादी त्याग गरेको उल्लेख गर्दै एमाले प्रवेश गरेका हुन् । 

नवप्रवेशी थापा सहितलाई नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य नन्द कुमार थापा, हरिनास गाउँपालिका कमिटी अध्यक्ष एवम् हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धर लगायतका एमाले नेता–कार्यकर्ताहरुले एमाले प्रवेश साथै स्वागत गरिएको थियो । 

वर्तमान समयमा नेकपा माओवादी केन्द्रको दोहोरो चरित्र, व्यक्तिवादी सोँच, नातावाद र चाप्लुसी कार्यशैलीप्रति आफूहरुको विमत्ति रहेको भन्दै एमाले पार्टी रोजेको उनीहरुले बताए ।

को–को हुन् नवप्रवेशीहरु, तस्बिरमा हेर्नुहोस् !