समाचार

पोखरा, फागुन १३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउँदै छन् । 

एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको पार्टी केन्द्रीय सचिव पदमा कुमारी अर्यालले जानकारी दिइन् । अध्यक्ष ओली १० बजेको ‘प्लाइट’ मा काठमाडौँबाट पोखरा आउने कार्यक्रम रहेको सचिव अर्यालले जानकारी दिइन् । 

उक्त कार्यक्रममा गण्डकी प्रदेश भरका करिब १ हजार जनालाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मी आचार्यले बताए । 

कार्यक्रममा आसन्न स्थानीय तहको पूर्व तयारीको सन्दर्भमा समेत अध्यक्ष ओली नेता–कार्यकर्तालाई प्रशिक्षण दिइने कार्यक्रम रहेको छ ।

कार्यक्रम पोखरा सभागृहमा दिनको ठिक ११ बजे तय गरिएको छ ।