समाचार

स्याङ्जा, फागुन १४ । नेकपा (एमाले) जिल्ला संगठन स्याङ्जाको पहिलो बैठक स्याङ्जामा सुरु भएको छ । जिल्ला संगठनको आठौं अधिवेशनबाट निर्वाचित कमिटीको बैठक पार्टी केन्द्रीय कमिटीका उप महासचिव पृथ्थीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा  जिल्ला सदरमुकाम स्याङ्जामा सुरु भएको हो । 

बैठकलाई पार्टी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पदमा अर्याल, संगठन विभाग प्रमुख खगराज अधिकारी, पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, मायानाथ अधिकारी, केन्द्रीय सदस्य एवम् स्याङ्जा जिल्ला इन्चार्ज सीता सुन्दास, सह इन्चार्ज किशोर विक्रम मल्ल र सीमा क्षेत्री लगायतले बैठकमा मार्ग निर्देशन गर्ने कार्यक्रम रहेको पार्टी जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रेले जानकारी दिए । 

बैठकले जिल्ला कमिटी अन्तर्गत सचिवालय गठन, जिल्ला सदस्य मनोनित , विभिन्न विभागिय संयोजक, उपसंयोजकको जिम्मेवारी तोकिने लगायतका एजेण्डाहरु रहेको पार्टी जिल्ला सचिव राजेन्द्र डुम्रेले बताए ।