समाचार

स्याङ्जा, फागुन १४ । नेकपा (एमाले)का उपमहासचिव एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्थीसुब्बा गुरुङले एमाले एमाले ‘प्रो नेपाली–नेपाल पक्षधर’ पार्टी भएको दावी गरेका छन् । शनिबार एमाले स्याङ्जा जिल्ला संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङ भने, ‘नेपाल र नेपालीको सार्वभौमप्रति एमाले सधै जिम्मेवार छ । राष्ट्र र राष्ट्रियता हितविपरीत एमालेले कुनै निर्णय गर्नेछैन ।’ 

वर्तमान राष्ट्रिय राजनीतिलाई एमालेले नजिकबाट नियालिरहेको भन्दै सत्ता गठबन्धनको सडक र सदनको दोहोरो चरित्रले मुलुकको भविष्य अध्याँरो दिशामा गएको उपमहासचिव गुरुङले बताए । 

एमाले भारतको समर्थन, चीनको विरोध र चीनको समर्थन र भारतको विरोध दुवै नगर्ने उपमहासचिव गुरुङले बताए । उनले भने, ‘कसैको दबाब र प्रभावमा एमसीसी बारे एमालेले धारण बनाउँदैन । देश र जनताको माग र आवश्यकताले पार्टीले धारण तय गर्दछ ।’ गठबन्धन सरकार जस्तै विदेशीसँगको सल्लाह अनि निर्देशनले एमालेले आफ्नो धारण नबनाउने उनले बताए । 

प्रचण्ड र माधव कुमार नेपाललाई अवसरवाद र लम्पसारवाद सिद्धान्त प्रतिपादकको संज्ञा दिँदै मुलुक विदेशीको प्रयोगशाला बन्न खोजेको रहस्य सुनाए ।