समाचार

स्याङ्जा, फागुन १७ । नेकपा (एमाले)को भातृसंगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) स्याङ्जाले पालिका स्तरीय अधिवेशनको मिति तोकेको छ । शनिबार जिल्ला सदरमुकाम स्याङ्जामा बसेको बैठकले जिल्लाका ९ओटा पालिकामा अनेमसंघ नगर कमिटी अधिवेशन गर्ने मिति तय गरेको हो । 

बैठकले १८ गते चापाकोट नगरपालिका, बिरुवा र अर्जुनचौपारी गाउँपालिकाको नगर अधिवेशन गर्ने निर्णय गरेको छ । 

यस्तै फागुन २४ गते वालिङ र गल्याङ, २५ गते फेदीखोला, २७ गते भीरकोट, २८ गते कालीगण्डकी र २९ गते पुतलीबजारमा नगर अधिवेशन गर्ने निर्णय गरेको छ । 

अनेमसंघ स्याङ्जाका अध्यक्ष तारा शर्माको अध्यक्षतामा बसेको बैठकले फागुन महिनाभित्र पालिका स्तरीय अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । अनेमसंघ स्याङ्जा आगामी चैत्र ९ र १० गते जिल्ला अधिवेशन मिति तय गरेको छ । 

बैठकलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् पार्टी इन्चार्ज सीता सुन्दास र केन्द्रीय सदस्य सीमा क्षेत्री लगायतले निर्देशन गरेकी थिइन् ।