समाचार

स्याङ्जा, फागुन १९ । अखिल नेपाल महिला संघ (अनेमसंघ) चापाकोटको अध्यक्षमा मिरा अर्याल निर्वाचित भएकी छन् । बुधबार चापाकोटको सुन्तलीटारको सम्पन्न पाँचौं नगर अधिवेशनले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

अर्यालको नेतृत्वमा अधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमध्ये उपाध्यक्षमा सृष्टि मल्ल, सचिवमा कल्पना भण्डारी र उपसचिवमा चिनु श्रेष्ठ र ४७ जना सर्वसम्मत रुपमा सदस्यमा चयन भएका छन् । अधिवेशन नेकपा (एमाले) केन्द्रीय सचिव पदमा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्याल भनिन्, ‘अनेमसंघ नेकपा (एमाले)को नर्सरी हो । यसले पार्टी जीवनमा अतुलनीय भूमिका राख्दछ ।’ पार्टी जीवनमा मात्रै नभई नेपाली राजनीतिको मुलप्रवाहमा अनेमसंघले खेलेको भूमिकाको उनले प्रशंसा गरिन् ।

अधिवेशनलाई पार्टी केन्द्रीय सदस्य सीता सुन्दास, सीमा क्षेत्री, गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी, सदस्य बुद्धिमान श्रेष्ठ, सरस्वती भट्टाराई, पार्टी जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे, उपसचिव तारा शर्मा, जिल्ला कमिटी सदस्य नगेन्द्र पुरी, डिलु थापा, तिर्थ बराल, पुर्णिमा परियार, अनिता नेपाली, मथुरा कुमाल लगायतले सम्बोधन गरेका थिए ।