समाचार

स्याङ्जा, फागुन २० । वालिङ नगरपालिका ५ जगतभञ्ज्याङका दर्जनौ काँग्रेस र माओवादी कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । शुक्रबार नेकपा (एमाले) वडा नम्बर ५ वडा कमिटी जगतभञ्ज्याङद्वारा आयोजित बृहत वडा भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी ४६ जनाले एमाले पार्टी प्रवेश गरेका हुन् । 


नवप्रवेशीहरुलाई नेकपा (एमाले)का केन्द्रीय सचिव एवम् पूर्वमन्त्री पदमा कुमारी अर्याल, गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष मोहन रेग्मी, जिल्ला कमिटी उपाध्यक्ष कृष्ण खाँण लगायतले पार्टी प्रवेश एवम् स्वागत गरेका थिए । उनीहरुलाई टीका र खादाद्वारा स्वागत गरिएको थियो । 


पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला सदस्य चित्र प्रकाश रेग्मी, नेकपा माओवादी केन्द्र वडा नम्बर ५ का वडा कमिटी सचिव मन बहादुर थापा र बाँकी सबै नेपाली काँग्रेसका नेता कार्यकर्ता रहेको छन् । 


को–को हुन् अन्य ४४ जना ?

१. सवित्रा लामिछाने

२. गौरी लामिछाने

३. शुशिला लामिछाने

४. टेकराज गुरुङ

५. याम बहादुर विश्वकर्मा

६. गणेश गुरुङ

७. गुमान सिंह गुरुङ

८. बेम बहादुर गुरुङ

९. धन बहादुर गुरुङ

१०. नरेन्द्र गुरुङ

११. दुत बहादुर गुरुङ

१२. सुजन गुरुङ

१३. लिल बहादुर गुरुङ

१४. धन बहादुर गुरुङ

१५. प्रविन गुरुङ

१६. विनिता गुरुङ

१७. काशी गुरुङ

१८. गोपी गुरुङ

१९. रेशम गुरुङ

२०. कुमार गुरुङ

२१. दुर्गा बहादुर गुरुङ

२२. चिन बहादुर गुरुङ

२३. चित्र बहादुर गुरुङ

२४. सुभास विक

२५. सन बहादुर गुरुङ

२६. दुर्गा बहादुर गुरुङ

२७. विक्रम गुरुङ

२८. रेमन गुरुङ

२९. विजय गुरुङ

३०. विराट अधिकारी

३१. बल बहादुर राना

३२. रुक बहादुर राना

३३. शेर बहादुर राना

३४. लेख बहादुर राना

३५. विक्रम थापा 

३६. नवलसिहं गुरुङ

३७. दीपक थापा

३८. राजु थापा

३९. विशाल राना

४०. इनुमाया राना

४१. रोशन राना 

४२. गोरी थापा

४३. रोशनी राना

४४. चन्द्रकला थापा


नेपाली काँग्रेसको गढको रुपमा हेरिएको जगतभञ्ज्याङलाई शुक्रबारको पार्टी प्रवेश कार्यक्रमलाई विशेष रुपमा हेरिएको छ ।