समाचार

स्याङ्जा, फागुन २० । नेकपा (एमाले) चापाकोट नगर कमिटीको पूर्ण तेस्रो बैठक सम्पन्न भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रीत बैठक प्रशिक्षणमुलक रुपमा भएको हो । 

बैठकका प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे ‘पारस’ले आसन्न बैशाख ३० गतेको स्थानीय तह केन्द्रीत रणनीति बनाउन बैठकमा निर्देशन दिए । अध्यक्ष गैह्रेले भने, ‘एमालेसँग पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सरकारले गरेका कामहरु नै चुनाव जित्ने आधारहरु हुन् । वहाँले गर्नुभएको कामलाई नागरिक सामु पु¥याऔं । निर्वाचन ढुक्क जित्नेछौ ।’ 

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्ने योजना, तत्परता र भिजन एमालेसँग मात्रै भएको भन्दै आमनागरिकलाई सुसूचित गराउनु आम नेता–कार्यकर्ताको रहेको उनले बताए ।

बैठकलाई नेकपा (एमाले) गण्डकी प्रदेश सदस्य बुद्धिमान श्रेष्ठ, जिल्ला कमिटी सचिव राजेन्द्र डुम्रे, उपसचिव विश्व पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य नगेन्द्र पुरी, जिल्ला कमिटी सदस्यहरु मोहन केसी, शान्ति आचार्य, पूर्णिमा परियार, डिलु थापा, राजु कोइराला लगायतले सम्बोधन गरेका थिए ।