समाचार

स्याङ्जा, फागुन २१ । नेपाल राष्ट्रिय शिक्षक संगठन बिरुवा गाउँपालिकाको दोस्रो अधिवेशनले बम बहादुर रानाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको छ । रानाको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । 

पदाधिकारी तर्फ उपाध्यक्षमा ढाकाराम न्यापाने र भिमा कुमारी थापा, सचिव पितम्बर शर्मा, सहसचिव दुरपती थापा, कोषाध्यक्ष चेतकुमारी थापा चयन भएका छन् । 

यस्तै सदस्यहरु प्रकाश वाग्ले, सरस्वती सिंजाली, अनिल केसी, विष्णप्रसाद पौडेल, कृष्णप्रसाद शर्मा, हरि प्रसाद पोखरेल, राजेन्द्र प्रसाद वाग्ले, नरमाया राना, खुमाकान्त मरासिनी, सिमा राना, दिपक राना र नवल बहादुर थापा रहेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल रािष्ट्रय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य एवम् नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाका सचिवालय सदस्य याम बहादुर कुँवरले नेपाल राष्ट्रिय शिक्षक संगठन शिक्षकको पेशागत हकहितका लागि गठिन संगठन भएको बताए । 

सबै शिक्षकहरुले आफ्ना पेशागत कुरालाई ख्याल राख्दै समय सापेक्ष आफूलाई अपडेट गर्दै अहिलेको नयाँ प्रविधिसँग जानकारी रहँदै राजनीतिक विषयमा समेत सुझबुझ राख्नेपर्ने उनले संस्मरण गराए । नेपाल राष्ट्रिय शिक्षक संगठन देशभक्त, प्रगतिशील र जनवादी शिक्षकहरुको साझा संगठन भएकाले सबैलाई आबद्ध हुन समेत आग्रह गरे । 

कार्यक्रमलाई नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवम् बिरुवा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्मा, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवम् नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सदस्य टुक नारायण शर्मा, विकास लम्साल, बुद्धिजीजी परिषद जिल्ला कार्यसमिति सदस्य गोपाल पौडेल, नेकपा (एमाले) विरुवा गाउँपालिका कमिटी अध्यक्ष प्रकाश थापा, अनेरास्ववियुका केन्द्रीय सचिव खेम मरासिनी लगायतले सम्बोधन गरेका थिए ।