समाचार

पोखरा, फागुन २४ । जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित ३ दर्जन बढी नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । आज पोखरामा आयोजित एक कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्माल ओलीले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

गण्डकी प्रदेश संगठन कमिटीद्वारा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य र १२ जना जिल्ला सदस्य साथै भातृसंगठनका अध्यक्ष सहित एमाले प्रवेश गरेको गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष मोहन रेग्मीले जानकारी दिए ।