समाचार

स्याङ्जा, चैत ४ । स्याङ्जामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नेको लहरै चलेको छ । बिहीबार हरिनास गाउँपालिका ६ देउराली गाउँ नै एमाले प्रवेश गरेका छन् । 


देउरालीका नेकपा माआवादी केन्द्र र नेपाली कांग्रेस नेता, कार्यकर्ता, क्रियाशिल र संगठित सदस्यहरु सहित ७५ जना एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई हरिनास गाउँपालिकाका अध्यक्ष एवम् नेकपा (एमाले) हरिनास गाउँपालिका कमिटीका अध्यक्ष खिम नारायण मानन्धरले एमाले पार्टी प्रवेश गराएका हुन् । 


अध्यक्ष मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा नवप्रवेशीको स्वागत गर्दै लेखेका छन््, ‘फेरि पनि सूर्य, फेरि पनि एमाले’, एमालेमय बन्दै हरिनास गाउँपालिका ।’ पार्टी प्रवेशको लहरले हरिनास एमालेको लालकिल्ला बन्ने उनले दावी गरे ।