समाचार

स्याङ्जा, चैत ४ । गत स्थानीय तहको निर्वाचन २०७४का वडा अध्यक्ष पदका उम्मेद्वारले नेकपा (एमाले) पार्टी रोजेका छन् । फेदीखोला गाउँपालिका वडा नम्बर ३ भाटखोलाका लागि राप्रपाको तर्फबाट अध्यक्षका लागि प्रत्याशी देउ बहादुर रानाभाट लगायत सम्पूर्ण सदस्यहरुले बिहीबार एमाले प्रवेश गरेका छन् । 

यस्तै नेपाली कांग्रेसका १० जना क्रियाशिल सदस्य सहित ५२ जनाले एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई फेदीखोला गाउँपालिकाका प्रमुख एवम् नेकपा (एमाले) फेदीखोला गाउँ कमिटीका अध्यक्ष घनश्याम सुवेदीले पार्टी प्रवेश गराएका हुन् । उनीहरुलाई खादा, माला र अबिरले स्वागत गरेका हुन् ।