समाचार

स्याङ्जा, चैत १३ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी स्याङ्जाको अध्यक्षमा पुनः हिमलाल ढकाल चयन भएका छन् । शनिबार सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठनको १३औं जिल्ला अधिवेशनले ढकाललाई सर्वसम्मत रुपमा अगामी ३ वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । 

ढकालको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । केदारप्रसाद मरासिनी र सावित्रा कँडेललाई उपाध्यक्ष, हिरा बहादुर गाहा सचिव, रीता शर्मा ससचिव, तिलकराम अर्याल कोषाध्यक्ष, पूर्णकुमारी गुरुङ सहकोषाध्यक्षमा चयन भएका छन् । 

यस्तै सदस्यहरुमा प्रेम कुमारी पौडेल, भागवत भट्टराई, विष्णुप्रसाद तिवारी, मणिप्रसाद पाठक, बालजित गुरुङ, थिरलाल कँडेल, कला भण्डारी, मणिरत्न ढकाल, गंगाराम पौडेल, युवराज थापा, रामचन्द्र शर्मा, कुलप्रसाद अधिकारी, ओम विकास सिंजाली, हेमन्त पोखरेल, पर्थ थापा, दिपक घिले, ज्ञानप्रसाद पाण्डे, विजय नारायण भट्टराई, लक्ष्मी काफ्ले, सुन्तली रानाभाट, चन्द्र भुजेल, केशवराज सिग्देल, लेखनाथ सिग्देल, आत्मराम चापागाँई, गंगाप्रसाद शर्मा, कला भण्डारी, लक्ष्मण आचार्य, नवीन आचार्य र तेज बहादुर आले रहेका छन् । 

जमुना चापागाँई, बलराम दोरंगा, विकास लम्साल, राजेन्द्र पौडेल, विष्णु प्रसाद भट्टराई, अनन्तराज अर्याल, इन्दिरा लुईटेल, भीमप्रसाद श्रेष्ठ र पदमबहादुर रानाभाटलाई केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि तथा पर्यवेक्षकमा सर्वसम्मत रुपमा चयन गरेका छन् ।्

अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव पदमा अर्यालले मुलुकको वर्तमान र भविष्य शिक्षकहरुको हातमा रहेको बताए । अर्यालले भनिन्, ‘वर्तमानको मात्रै दायित्व पुरा गरेर तपाईहरुलाई छुट छैन । भविष्य कस्तो बनाउने हो भन्ने दायित्व र जिम्मेवारी पनि तपाईहरुको हो ।’ शिक्षक सामाजिक व्यक्ति भएकाले समाज र देशलाई सही दिशामा लान सबैलाई सकारात्मक रुपमा उत्प्रेरित गराउन उनले आग्रह गरिन् । नेपाल राष्ट्रिय शिक्षक संगठन पार्टीको महत्वपूर्ण घटक भएकोले पार्टीको हरेक आन्दोलनलाई सफल बनाउन समेत उनको आग्रह थियो । 

संगठनका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम थापाले मुलुकको हजारौं शिक्षकहरुको ढुकढुकी शिक्षक संगठन भएको बताए । विद्यालयको सही नेतृत्व मात्र नभई समाज नेतृत्वमा समेत संगठनका शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको थापाको भनाई थियो ।