समाचार

स्याङ्जा, चैत १३ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा निवेदन दिएकाहरुको स्वास्थ्य तथा शारिरीक तन्दुरुस्ती परीक्षण गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरी बन्न दरखस्त दिएकाहरुका लागि प्रारम्भिक स्वास्थ्य तथा शारिरीक तन्दुरुस्ती परीक्षण तालिका एवम् मापदण्ड सम्बन्धि सूचना सार्वजानिक भएको छ । 

जिल्ला प्रहरी कार्यालयले यही चैत १५, १६ र १७ गते स्वास्थ्य तथा शारिरीक परीक्षण गर्ने भएको छ । जसमध्ये १५ गते दर्ता नम्बर १ देखि ८ सय ३२ सम्म, १६ गते दर्ता नम्बर ८ सय ३३ देखि १ हजार ६ सय ६४ सम्म र १७ गते १ हजार  ६ सय ६५ देखि २ हजार ४९६ सम्मको स्वास्थ्य तथा शारिरीक परीक्षण हुने भएको छ । स्याङ्जामा म्यादी प्रहरीका लागि २ हजार ४ सय ९६ जनाले आवेदन दिएका छन् । 

म्यादी प्रहरी बन्न पुरुष र महिला दुवै ५ मिनेटमा १ किलोमिटर दौड गर्नुपर्नेछ । त्यस्तै पुरुषले १०/१० पटक ‘सिटअप’ र ‘पुसअप’ र महिलाले ५/५ पटक ‘सिटअप’ र ‘पुसअप’ गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।