समाचार

स्याङ्जा, चैत ३० । नेकपा (एमाले)का पोलिट ब्यूरो सदस्य एवम् प्रभावशाली नेता महेश बस्नेत आज वालिङ आउने आउँदै छन् । राष्ट्रिय युवा संघ नेपाल वालिङ नगर कमिटीद्वारा आयोजित बृहत भेला एवम् प्रशिक्षणलाई सम्बोधनका लागि उनी वालिङ आउन लागेका हुन् । 

आसन्न वैशाख ३० गतेको निर्वाचनको सन्दर्भमा युवा संघको भूमिका, दायित्व र जिम्मेवारी बारे प्रशिक्षण दिने कार्यक्रम रहेको युवा संघ नगर कमिटीले जनाएको छ । प्रशिक्षणमा वालिङ नगरपालिका १४ वडाका युवा संघ आबद्ध युवाहरुको साहभागि हुनेछ ।