समाचार

स्याङ्जा, बैशाख ९ । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदैछ । कोरोना कहरको दुई वर्षपछि भौतिक रुपमा सञ्चालन हुने परीक्षामा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी छन् । 

एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस अघिको दुई परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा विद्यार्थीहरुलाई पास गराइएको थियो । 

परीक्षा बैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।