समाचार

स्याङ्जा, बैशाख ११ । नेकपा (एमाले)ले अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चिनमाया गुरुङलाई उम्मेदवार बनाउने भएको छ । 

नेकपा (एमाले) अर्जुनचौपारी गाउँपालिका कमिटीले अध्यक्ष पदमा गुरुङ र उपाध्यक्ष पदमा टङ्क प्रसाद खनाल (टिकाराम)लाई  कमिटीको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको हो । 

गुरुङ गत २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट गाउँपालिकाका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । खनाल एमाले अर्जुनचौपारी गाउँपालिका कमिटीका सचिव हुन् । उनी पूर्व माओवादीबाट एमालेमा आएका हुन् ।