समाचार

स्याङ्जा, बैशाख ११ । नेकपा (एमाले)ले ‘हेभी वेट’ उम्मेदवार कृष्ण खाँणलाई वालिङ नगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । 

नेकपा (एमाले) वालिङ नगर कमिटीले सर्वसम्मत रुपमा खाँणलाई मेयर पद र खगिसरा थापालाई उपमेयरमा उम्मेदवार बनाएको हो ।

कृष्ण खाँण २०५४ एमालेबाट वालिङ नगरपालिकाको मेयर उम्मेदवार एवम् २०७० को संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको थिए । 

यस्तै खगिसरा थापा गत स्थानीय निर्वाचन २०७४ मा एमालेबाट उपमेयरका उम्मेदवार थिइन् ।