समाचार

स्याङ्जा, जेठ २ । पत्रकार निर्भिक नारायण भुर्तेल वडा अध्यक्षमा निर्वाचित भएका छन् । पैयु गाउँपालिका वडा नम्बर ५ मा ४७७ मत ल्याई विजयी भएका हुन । 

उनले गठबन्धनका उम्मेदवार उमाकान्त भुर्तेललाई हराएका हुन् । भुर्तेलले ३९८ मत ल्याएका छन् । उनी निवर्तमान वडा अध्यक्ष हुन् । पराजित भुर्तेल माओवादीका नेता हुन् । 

करिब १ दशकदेखि प्रवास, स्याङ्जा र पर्वतमा क्रियाशिल पत्रकारिता गर्दै आएका भुर्तेल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष समेत हुन् । उनी पछिल्लो समय पत्रकारितासँगै समाजसेवामा पनि क्रियाशिल थिए ।