समाचार

२४ जेठ २०७९, स्याङ्जा । आत्महत्या दुरुत्साहनका अभियुक्त पक्राउ परेका छन् । वालिङ नगरपालिका ७ का २६ वर्षीय रमेश थापालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला अदालत स्याङ्जाबाट २०७७ पुष ३ गते आत्महत्या दुरुत्साहन मुद्धामा १ वर्ष ५ महिना ७ दिन कैद र २५ हजार नगद जरिबाना तोकेका थापा फरार थिए । पक्राउ परेका थापालाई स्याङ्जा जिल्ला अदालतको आदेशले जिल्ला कारागार स्याङ्जा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसी रबिन्द्र खनालले जानकारी दिए ।