समाचार

३० असार २०७९, स्याङ्जा । नेकपा (एमाले)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी स्याङ्जाले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको अवसरमा आगामी साउन ७ गते शनिबार गल्याङ बजारमा आयोजना गरिएको हो ।

‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूलनाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाका संयोजक किसान श्रेष्ठले जानकारी दिए । संगठनले गरिएको पुण्य कार्यमा साहभागी हुन सबैमा संयोजक श्रेष्ठले आग्रह गरेका छन् । 

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको स्मृतिमा हरेक वर्ष राष्ट्रिय युवा संघ नेपालले रक्तदान कार्यक्रम गर्दै आइरहेका छन् ।