समाचार

६ साउन २०७९, स्याङ्जा । नेपाली कांग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन आजबाट हेटौंडामा सुरु हुदैछ । साउन ६ र ७ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । 

अगामी नेतृत्वका लागि पूर्व उपाध्यक्ष अनिता ‘विन्दु’  र पूर्व महासचि शिव लम्सालले उम्मेदवार घोषण गरेका छन् । उनीहरु दुवैजना स्याङ्जाली हुन् । दुवैजना करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । 

नेपाल प्रेस युनियनको इतिहासमा पहिलो पटक महिला अध्यक्ष बन्ने दाउमा ‘विन्दु’  छिन् । निष्कलंकित र स्वच्छ छवि भएकी उनलाई पार्टी सभापति एवम् प्रधानमन्त्री निकट मानिन्छन् । उनी संस्थापन पक्षको तर्फबाट उम्मेदवार बनेकी हुन् । 

यस्तै आठौं महाधिवेशनमा वर्तमान अध्यक्ष बद्रीसँग पराजय भोगेका लम्साल पुनः युनियनको नेतृत्वमा पुग्ने कसरतमा छन् । प्रखर एवम् प्रष्टवक्ता भएका लम्साल संस्थापन इतरका तर्फबाट उम्मेदवार बनेका हुन् । उनलाई शेखर कोइराला समूहको समर्थन रहेको छ ।

उनीहरु दुवैजना टेलिभिजन पत्रकार हुन् । 

दुवैजनाले केही बेरमा आफ्नो प्यानल सहितको उम्मेदवार घोषण गर्दैछन् । 

महाधिवेशनमा देशभरका १६३० जना पत्रकारहरु प्रतिनिधिका रुपमा साहभागि हुदैछन् ।