समाचार

६ साउन २०७९, हेटौडा । हेटौडामा जारी नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशनमा स्याङ्जाका चारजनाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसका इच्छुक संस्था प्रेस युनियनको महाधिवेशनमा अनिता बिन्दु र शिव लम्सालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

 यस्तै उपमहासचिवमा दीलिपाश्री अधिकारी र सदस्यमा सरिता खनालले उम्मेदवार दर्ता गरेकी छन् । उनीहरु चारैजनाको गृह जिल्ला स्याङ्जा हो । 

उम्मेदवार बनेका ‘बिन्दु’ र लम्साल फरक–फरक प्यानलसहित निर्वाचनमा होमिएका छन् । बिन्दुलाई पार्टीको संस्थापन पक्ष र लम्साललाई संस्थापन इतर पक्षले साथ दिएका छन् । उपमहासचिवका उम्मेदवार अधिकारी बिन्दुको प्यानलबाट चुनावी मैदानमा छिन् । सदस्यमा उम्मेदवार दिइएकी खनाल भने कुनै प्यानलमा खुलेकी छैनन् । 

आजबाट शुरु भएको महाधिवेशनलाई पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । 

आगामी ३ वर्षे नेतृत्व चयनका लागि देशभरका १६३० जना प्रतिनिधि साहभागि छन् ।