समाचार

६ साउन २०७९, स्याङ्जा । वालिङमा विपि स्मृतिमा विचार गोष्ठी सम्पन्न भएको छ । ४० औं विपि स्मृति दिवसमा प्रजातान्त्रिक विचार समाज स्याङ्जाको आयोजनामा विचार गोष्ठी सम्पन्न भएको हो । 

गोष्ठीमा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनर सिंह केसीले विपिले प्रतिपादन गरेका सिद्धान्त र विचारलाई आत्मसाथ गरी लोकतान्त्रिका सुदृढीकरणमा लाग्न आग्रह गरे । महामानव विपि कोईरालाको मेलमिलाप नितिलाई अवलम्बन गर्दै जनतालाई केन्द्रमा राखेर नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा विपिको योगदान अतुलनीय रहेको केसीले संस्मरण गराए ।

नेपाली कांग्रेस जिल्ला सभापति राजु थापाले विपिले प्रतिपादन गरेका सिद्धान्तलाई आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकास गरी देशलाई निकास दिन कांगे्रस कटिबद्ध हुनुपर्ने बताए । सभापति थापाले नेपाली कांगे्रसको संगठन सुदृढिकरणमा बारेमा आफ्ना भनाई राखेका थिए । 

गोष्ठीमा प्रध्यापक कृष्ण खनालले ‘जसको विचार हो उसैको शासन’ र प्रजातान्त्रिक समाजका केन्द्रिय सचिव डा. बासुदेव भण्डारीले ‘विपिको साहित्यक यात्रा’ चर्चा परिचर्ता गरेका थिए ।