समाचार

रोटरी क्लब अफ वालिङको ८औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२/०२३ का नवनिर्वाचित अध्यक्ष सीता पाण्डे डुम्रेलाई एजी प्रेम प्रसाद शर्माले पदभार ग्रहण गराएका थिए । 

पदभार एवम् गोपनियताको सपथ लिदै नवनिर्वाचित अध्यक्ष डुम्रेले आफ्नो कार्यकाल मानवीय सेवाका लागि हुने प्रतिबद्धता व्यक्त गरिन् । 

यसैगरी क्लबको नयाँ कार्यसमितिमा सचिव कुमार गुरुङ, कोषाध्यक्ष गणेश राउत, स सचिव इन्दु श्रेष्ठ, सभामुख खगेन्द्र वि.क. निर्वाचित भएका छन् । 

बोर्ड सदस्यहरुमा मधुसुधन आचार्य, सोमु राना, शम्भु अर्याल, मणि सुवेदी, सुरज श्रेष्ठ, विजयविक्रम खाँण रहेका छन् । 

कार्यक्रममा वर्ष २०२१/०२२ को समीक्षा प्रतिवेदन निर्वमान अध्यक्ष युवराज पाठक प्रस्तुत गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणको उपस्थिति रहेको थियो ।