समाचार

हेटौंडा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापन इतरका शिव लम्साल निर्वाचित भएका छन् । लम्सालले नेपाली कांग्रेस पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा अर्थात संस्थापन पक्षका अनिता विन्दुलाई पराजित गरेका हुन् । 

दोस्रो प्रयासमा लम्साल अध्यक्ष बन्न सफल भएका हुन् । आठ वर्ष पहिला सम्पन्न आठौं महाधिवेशनमा निवर्तमान अध्यक्ष बद्री सिग्देलसँग उनी पराजित भएका थिए । त्यति बेला पनि उनी संस्थापन इतरबाट उम्मेदवार बनेका थिए । 

महासचिवमा दिलीप पौडेल विजयी भएका छन् । पौडेलले विन्दु प्यानलका जगन्नाथ दुलाललाई हराएका हुन् । 

पदाधिकारीको अधिकांश पदमा लम्साल प्यानलका उम्मेदवार विजयी भएका छन् । मतगणना सकिए पनि आधिकारिक रुपमा मतपरिणाम घोषण भइसकेको छैन । 

विजयी उम्मदेवार, निकटका पत्रकार एवम् शुभेच्छुकहरु भने विजयी उत्सव मनाउन थालेका छन् ।