समाचार

१२ साउन २०७९, पोखरा । लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औं जन्मदिनको अवसरमा आयोजिता खुल्ला दोहोरीगीत प्रतियोगिता आजबाट पोखराको सभागृहमा शुरु हुदैछ । 

‘लोक संस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं’ भन्ने नाराका साथ कल्याण शेरचन स्मृति प्रष्ठिानद्वारा आयोजित प्रतियोगिता साउन १४ गते चल्नेछन् । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ६ लाख, ४ लाख, २ लाख र १ लाख नगद, ट्रफि र प्रमाणपत्र पाउनेछन् । यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट गायक र गायिकाले ५० हजार नगद, ट्रफि र प्रमाणपत्र पाउनेछन् । अनुशासित समूह तर्फ उत्कृष्ट हुने ५० हजार नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

आज सुरु हुने उद्घाटन सत्रको कार्यक्रमलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरिने कार्यक्रमका संयोजक जीवन दाहाले जानकारी दिए ।