समाचार

१४ साउन २०७९, स्याङ्जा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल आज स्याङ्जा आउँदैछन् । नेकपा (एमाले) स्याङ्जा जिल्ला संगठन कमिटीद्वारा आयोजित बृहत जिल्ला स्तरीय प्रशिक्षणका स्याङ्जा आउन लागेका हुन् ।

महासचिव पोखरेलसँगै पार्टी केन्द्रीय सचिव पद्मा कुमारी अर्याल समेत आउने एमाले स्याङ्जा जिल्ला संगठनका सचिव राजेन्द्र डुम्रेले जानकारी दिए । 

बिहान ११ बजेदेखि सुरु हुने  कार्यक्रममा  महासचिव पोखरेलले ‘वर्तमान राजनीतिक शक्ति सन्तुलन, पार्टीको भूमिका अभिवृद्धि र योजना’ र सचिव अर्यालले ‘जबजका मान्यताका आधारमा पार्टी निर्माण र परिचालन’ विषयमा प्रशिक्षण दिइने एमाले स्याङ्जाले जनाएको छ । 

कार्यक्रममा स्याङ्जा प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु, पार्टी जिल्ला कमिटी सबै सदस्यहरु, जिल्ला भित्रका सबै जननिर्वाचित प्रतिनिधिहरु, निर्वतमान जिल्ला कमिटी र सल्लाहकार सबै सदस्यहरु, जिल्लाबाट केन्द्र र प्रदेशका प्रतिनिधित्व गर्ने सदस्यहरु, जनसंगठनका जिल्ला सचिवालय साथै पालिका पदाधिकारीहरु, पार्टी पालिका कमिटीका सचिवालय सदस्यहरु, पार्टी वार्ड कमिटीका अध्यक्षहरु, गत स्थानीय तह निर्वाचन वार्ड अध्यक्षका उम्मेदवाहरु सहित करिब ४ सय ५० जना साहभागि हुदैछन् ।