समाचार

१५ साउन २०७९, स्याङ्जा । नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव पद्मा कुमारी अर्यालले जनताको बहुदलीय जनवाद ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने आधारशिला रहेको बताइन् । 

शनिबार नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव अर्यालले भनिन्, ‘जनताको बहुदलीय जनवाद बिना समाजवाद परिकल्पना गर्न सकिदैन । जनताको बहुदलीय जनवाद नै समाजवादमा पुग्ने मुख्य मार्गदर्शन हो ।’

जनताको बहुदलीय जनवाद समान्तवाद र सम्राज्यवाद बिरुद्ध प्रतिपादको भएको सिदान्त उनले दावी गरिन् । समाजमा अझै पनि समान्तवादको अवशेष रहेको बताउँदै त्यसको निम्ति लड्ने प्रमुख हातियार जनताको बहुदलीय जनवाद भएको उनको भनाई थियो । 

हिजो कम्युनिष्टहरु एकदलीय र निरांकुश हुन्छन् भन्नेहरु आज नेकपा (एमाले)ले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद पथमा रहेको सचिव अर्यालले बताइन् । समाजवाद निर्माणका लागि जनताको बहुदलीय जनवादको ४ आयामहरु अपरिहार्य रहने उनले जिकिर गरिन् ।