समाचार

२७ साउन २०७९, काठमाडौँ । वरिष्ट लोक तथा दोहोरी गायिका शर्मिला गुरुङले तीज गीत ‘रानी’ ल्याएकी छन् । २०७९ साल तीजको अवसरमा ‘रानी’ शिर्षकको तीज गीत ल्याएकी हुन् । ‘रानी’लाई ‘शर्मिला गुरुङ’ युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको लय र स्वर गायिका गुरुङकै हुन् भने शब्द रेम गुरुङले लेखेका हुन् । गीतलाई संगीत बि. बि. अनुरागीले गरेका हुन् । रेकर्ड कमल सिंजाली मगर र मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका हुन् । 

म्यूजिक भिडियोको छायाङ्कन राजेश शर्मा, निर्देशन प्रकाश भट्टा, सम्पादन विष्णु शर्मा, र दृष्य निर्माण साई भिजन प्रा. लि. को रहेको छ । 

भिडियोमा गायिकालाई अर्का लोक तथा दोहोरी गायिका दुर्गा गुरुङले साथ दिएकी छन् । भिडियोको छायाङ्न बिजी ब्याङक्वेट नयाँ बसपार्कमा गरिएको हो ।