समाचार

२८ साउन २०७९, काठमाडौँ । त्रिशूलीमा ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका ५ स्थित नाग्दी खोला भन्ने ठाँउबाट बिहान करिब ९ बजे इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ ।  प्रहरी टोली घटनास्थल पुगेको एसपी अधिकारीले जानकारी दिए । 

ट्रकमा कतिजना सवार थिए र उनीहरुको अवस्था के छ भन्ने खुलेको छैन । पानीमा डुबेको ट्रकको पहिचान हुन सकेको छैन ।