समाचार

२८ साउन २०७९, स्याङ्जा । स्याङ्जामा छु्ट्टा छुट्टै घट्नामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा आँधीखोला गाउँपालिका–२ रंगेठाँटीका ६० वर्षीय देवनारायण कार्की र वालिङ नगरपालिका–९ भुषालथोकका ६५ वर्षीय पुर्ण बहादुर न्यौपाने क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

कार्की घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो । उनी घाँस काट्ने क्रममा करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रबिन्द्र खनालले जानकारी दिए । 

यस्तै पुर्ण बहादुर क्षेत्रीको वालिङ–१२ लामपाते स्थित गोरेटोबाट लडेर मृत्यु भएको हो । दुवैजनाको शव गह्रौं प्राथमिक अस्पताल वालिङमा पोस्ट मार्टमपछि परिवारलाई बुझाईएको छ ।