समाचार

१३ भाद्र २०७९, स्याङ्जा । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर २ प्रदेश १ कार्यसमितिले आसन्न प्रदेश सभा निर्वाचनका लागि इच्छुक उम्मेदवारहरुको नामवाली सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक इच्छुक उम्मेदवारहरुको उम्मेदवारी आइतबार औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

प्रत्यक्ष तर्फ अर्जुनप्रकाश अर्याल, दामोदर लम्साल, केदार काफ्ले, छायाँराम खनाल, कल्पना तिवारी, विष्णु पौडेल, अर्जुनप्रसाद खनाल र टंकप्रसाद गैह्रेले उम्मेदवारी दिएका छन् । 

पौडेल गत २०७४ को निर्वाचनमा पार्टीका तर्फ क्षेत्र नम्बर २ प्रदेश १ का उम्मेदवार थिए । उनी नेकपा (एमाले)का उम्मेदवार मोहन रेग्मीसँग हारेका हुन् । यस्तै तिवारी नेपाली काँग्रेस गण्डकी प्रदेश कार्य समितिका उपसभापति एवम् वालिङ नगरपालिकाका भूतपूर्व उपमेयर हुन् भने खनाल भीरकोट नगरपालिकाका भूतपूर्व मेयर हुन् । 

यस्तै समानुपातिक तर्फ लिल बहादुर रनपाल, बसन्त कुमार बि.क., लोकनाथ अर्याल, यादव कुमार श्रेष्ठ, कमल भित्रिकोटी, दिपक रोकाहा, कुल बहादुर गुरुङ, एस. वि. खड्का (सुनिल), केशभक्त गुरुङ, राजकुमार गुरुङ र श्यामप्रसाद अर्यालले पार्टीमा उम्मेदवारी दर्ता गरेका छन् ।