समाचार

१८ भाद्र २०७९, स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघको १६औं साधारसभा एवम् ८औं अधिवेशन आजलाई डाकिएको छ । लामो समयदेखि रोकिएको साधारसभा एवम् अधिवेशनमा करिब ३९ प्रतिशत सदस्यहरु मात्रै आधिकारिक रुपमा साहभागि हुदैछन् । 

संघमा स्थापनाकालदेखि हालसम्म १४ सय २० जना सदस्यहरु आवद्ध रहेका छन् । तर, पछिल्लो तथ्याङ्क अनुसार जम्मा ५५० जना सदस्यहरुमा मात्रै वैध छन् । 

करिब १ महिना पहिला १५० जना सदस्यमा सीमित रहेका उद्योग वाणिज्य संघ वालिङ ८औं अधिवेशनको संघारमा ३०० जना सदस्यहरुले नवीकरण गरेका छन् । ३०० जना सदस्यहरु मध्ये आधा–आधा नेपाली काँग्रेस र नेकपा (एमाले) रहेको स्रोतले जनाएको छ । उनीहरुलाई संघको आगामी नेतृत्व चयनका लागि मात्रै नवीकरण गरिएको बुझिएको छ । साधारणसभा एवम् अधिवेशनमा निर्वाचन भएमा ५५० जनाले मात्रै मत दिन पाउनेछन् । 

संघका अध्यक्ष शोभाकान्त पौडेलले कोरोनाका कारणले सदस्यता नवीकरण नभएको बताए । अध्यक्ष पौडेलले भने, ‘कोरोना कहरले उद्योगी, व्यवसायी र व्यापारीलाई ठूलो असर पा¥यो । त्यसैले समयमै सदस्यता नवीकरण हुन सकेन ।’

पछिल्ला समय संघ आवद्ध सदस्यहरुले संघप्रति प्रश्नहरु गर्दै आएका छन् । संघ सदस्यहरुको हकहितका लागि भन्दा अन्य कुरामा ध्यान दिएको भन्दै कार्य समितिप्रति रुष्ट बनेका छन् ।