समाचार

१८ भाद्र २०७९, स्याङ्जा । अन्तिम समयमा आएर आजलाई डाकिएको वालिङ उद्योग वाणिज्य संघको १६औं साधारणसभा एवम् ८औं अधिवेशन रोकिएको छ । काँग्रेस निकट उद्योगी, व्यवसायी र व्यापारीहरुको आग्रहमा साधारणसभा एवम् अधिवेशन रोकिएको हो । 

१५औं साधारसभा एवम् ७औं अधिवेशनमा भएको भद्र सहमति अनुसार संघको साधारसभा एवम् अधिवेशन गर्नका लागि आग्रह गर्दै वालिङ नगरपालिका न्यायिक समितिमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका अध्यक्ष कविता तिवारीले आज हुने सभा एवम् अधिवेशन स्थागित गर्न संघलाई पत्र मार्फत निर्देशन दिएकी छन् ।