२४ भाद्र २०७९, काठमाडौं । एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका पूर्व क्रिकेटर सन्दीप लामिछानेले घट्ना बारे बोलेका छन् । शुक्रबार बिहान आफनो फेशबुक मार्फत आफू निर्दोष रहेको र कानुनले समान गर्ने बताएका छन् ।
लामिछानेले लेखेका छन्, ‘म निर्दोष छु । म पूर्ण विश्वास नेपालको सम्माननीय कानुनमा विश्वास राख्छु । म सीपीएल बिदा लिने निर्णय गरेको छु । केही दिनमै देश फर्किदैछु । यी सबै आधारहीन आरोपहरु सामना गर्न तयार छु । मेरो संलग्नप्रति सही छानबिन र निर्दोषलाई सही न्याय होस् । आशा छ कि कानूनलेसबैलाई समान काम गर्नेछ ।’
लामिछाने नेपाली क्रिकेट राष्ट्रिय टीमका पूर्वकप्तान हुन । उनलाई हिजो क्यानले निलम्बित गरेको छ । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई पक्राउ पुर्जी समेत जारी भएको छ ।