समाचार

२ असोज २०७९, स्याङ्जा । वालिङ बहुमुखी क्याम्पसमा नयाँ अध्याय सुरु भएको छ । क्याम्पस प्रमुख सच्चिदानन्द यादवले प्रमुखको जिम्मेवारीबाट अचानक राजीनामा दिएपछि क्याम्पसमा पुनः अर्को अध्यायको सुरु भएको हो । 

केहीदिन पहिला क्याम्पस सञ्चालक समितिका एक सदस्य र प्राध्यापकहरुबीचको द्वन्द्व छताछुल्ल रुपमा बाहिर आएको थियो । सो घट्नाको समाधान नहुँदै फेरि अर्को अध्याय सुरु भएको छ । रहस्यमय तरिकाले क्याम्पस प्रमुखको राजीनामा आएपछि क्याम्पसको भविष्य झनै अन्योल बन्दै गएको छ । 

आफ्नो राजीनामा पारिवारिक भएको क्याम्पस प्रमुख यादवले बताए । तर, पारिवारिक कारण भएपनि पछिल्लो सञ्चालक समितिले प्रमुख यादवलाई अनावश्यक दवाव दिने गरेको पाइएको छ । 

सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइरालाले राजीनामा आएको बताउँदै कार्तिक १ गतेदेखि लागु हनेगरी स्वीकृत गरेको बताए । राजीनामा आजको बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो । 

स्रोतका अनुसार क्याम्पसमा भोलिबाट प्राध्यापकहरुले आन्दोलनका कार्यक्रमहरु सुरु गर्ने भएका छन् ।