समाचार

१४ साउन, स्याङ्जा । वालिङ नगरपालिका भित्रका फोहोरमैला व्यवस्थपानका लागि नयाँ परियोजना सुरु गरिएको छ । वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम    (यूएनडीपी) वालिङ प्रोडक्ट होल्डीङ बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजनामा ‘हरित पुर्नः उत्थान प्रवद्र्धन परियोजना (पिजीआरपी) सुरु गरिएको हो । 

१० महिना परियोजना अवधि परियोजनाले फोहोर संकलन, वर्गीकरण, पुनःप्रयोग तथा विसर्जनका कार्यहरु गर्नेछन् । परियोजनामा ५० प्रतिशत महिला हुनेछन् । उनीहरुले प्राङगारिक मल र बायोग्याँस उत्पादन तथा व्यवसायिक जैविक खेती सम्बन्धी सीप तथा रोजगार पाउनेछन् । 

उद्यमशीलता, व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र मार्फत नवउद्यमी तथा परियोजनाका लाभग्राहीहरुलाई दीगो रुपमा उद्यमशीलताका क्षेत्रमा टिकाई राख्न परियोजनाले कार्यहरु गर्ने वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाणले बताए । 

परियोजनासँग सम्बन्धितहरुका लागि दीर्घकालिन योजना निर्माण, व्यवसायिक योजना निर्माण, मेन्टर रोस्टर सहजीकरण, संस्थागत व्यवस्थापनमा समन्वय र सहयोग, आर्थिक बचत तथा लगानीको संरक्षण गरी आर्थिक बृद्धि गर्ने काममा सहजीकरण गर्ने परियोजनाको मुख्य ध्येय रहेको खाणले बताए । 

कूूल ४ करोड ९२ लाख १३ हजार १०७ रुपैयाँको लागतमा परियोजना सुरु भएको छ । जसमध्ये वालिङ नगरपालिको ३ करोड १५ लाख ५६ हजार ६५ रुपैयाँ र यूएनडीपीको १ करोड ६३ लाख ७४ लाख रुपैयाँ रहेको छ ।

परियोजना अन्तर्गत १ हजार २५० जनालाई प्रत्यक्ष रोजगारी दिलाउने लक्ष्य लिइएको छ ।