समाचार

१४ असोज २०७९, स्याङ्जा । स्याङ्जाको वालिङमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको चाड बडादशैंको अवसरमा ‘सप्तक संगीत साँस्कृतिक केन्द्र’ वालिङले भोलि (असोज १५) साँझ ५ बजे ‘सप्तक संगीत दशैं उत्सव–२०७९’ आयोजना गरिएको हो । 

कार्यक्रममा लोक तथा दोहोरी गायक राजु परियार, सुगम संगीतकी चर्चित गायिका बिन्दु परियार, चर्चित टिकटकर एवम् मोडेल अस्मिता रणपाल, संगीत विद्यालयका विद्यार्थी एवम् स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । 

सप्तक संगीत साँस्कृतिक केन्द्रको यो दोस्रो कार्यक्रम हो । गत सालको तिहारमा चर्चित गायक रुपक डोटेल लगायत कलाकारहरुको उपस्थितिमा ‘सप्तक संगीत दीपवाली साँझ २०७८’ आयोजना गरेको थियो । 

साँझको खाना सहित पारिवारिक वातावरणमा कार्यक्रम हुने ‘सप्तक संगीत साँस्कृतिक केन्द्र’का अध्यक्ष देवराज गैह्रेले जानकारी दिए ।