समाचार

स्याङ्जा । कार्तिक ४ गतेदेखि जारी कोखे महोत्सवमा आज (मंगलबार) ‘लण्ठु’ गायक आउने भएका छन् । लोक तथा दोहोरी क्षेत्रमा ‘लण्ठु’ गायकले परिचित चिज गुरुङ कोखे महोत्सवको पाँचौ दिन आफ्ना साँगीतिक प्रस्तुतिका लागि आउने भएका हुन् । 

गायक गुरुङसँगै लोक तथा दोहोरी गायिका जलु माया गुरुङ पनि आउँदैछिन् । पछिल्लो समय लोक तथा दोहोरी क्षेत्रमा उनीहरुको जोडीलाई दर्शकले मन पराउँदै आएका छन् । 

‘ग्रामीण पर्यटनको विकास, राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका साथ नवज्योति जनसेवा सेवा युव क्लब वालिङ–१२ कोखेमा आयोजित महोत्सव भोलि सम्पन्न हुँदैछ ।