समाचार

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्याङ्जा आउने भएका छन् । नेकपा (एमाले) जिल्ला संगठन कमिटी स्याङ्जाद्वारा जिल्ला सदरमुकाम स्याङ्जामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न स्याङ्जा आउने भएका हुन् । 

कार्तिक २१ गते स्याङ्जा स्थित टुडिखेल मैदानमा हुने चुनावी सभालाई दिनको १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको स्याङ्जाका सचिव राजेन्द्र डुम्रेले जानकारी दिए । 

आसन्न मंसिर ४ गते हुने संघिय र प्रदेशसभा निर्वाचनलाई केन्द्रीत गर्दै जिल्ला स्तरीय आमसभाको आयोजना गरिएको एमाले स्याङ्जाले जनाएको छ । 

संघिय निर्वाचनका लागि एमालेबाट स्याङ्जा क्षेत्र नम्बर १ मा नारायण मरासिनी र क्षेत्र नम्बर २ मा पद्मा कुमारी अर्याल चुनावी मैदानमा होमिएका छन् । अर्याल नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव हुन् ।