समाचार

स्याङ्जा । ‘पूर्वमन्त्री हुनुहुन्छ वहाँ ! मैले अरु केही भन्नु परेन । वहाँ मेरो कार्यकालको सफल मन्त्रीमध्ये एक हुनुहुन्छ’,–यो भनाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको हो । कार्तिक २१ गते नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले पूर्वमन्त्री पद्मा अर्यालबारे बोलेका वाक्य हुन् । 

२०७४ मा बहालवाला उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई  करिब ४ हजार मतान्तरले हराएर राष्ट्रिय राजनीतिमा चर्चा बटुल्न सफल नेता हुन पद्मा अर्याल । निर्वाचनपछि बनेको केपी ओली नेतृत्वको सरकारमा उनले तीनवटा मन्त्रालयको नेतृत्व गर्ने अवस​​​​​​र पाइन् । स्वास्थ्य राज्यमन्त्रीबाट ‘डेब्यू’ गरेकी अर्यालसँग भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा काम गरेकी अनुभव छन् । 

स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहँदा ‘एक वडा–एक स्वास्थ्य चौकी र एक पालिका–एक अस्पताल निर्माण’, भूमी मन्त्रालयमा रहँदा नेपालको ‘चुच्चे नक्सा प्रकाशन’ र कृषि मन्त्रालय रहँदा बंगलादेश र उत्तरी नाका (तातोपानी)बाट मल आयात लगायत लगायतका दर्जनौ राष्ट्र र नागरिक हितका कार्य मन्त्री अर्याललको पालामा भएका भए । यी प्रतिनिधि उदाहरणहरु मात्रै हुन् । उनी तीन–तीन पटक मन्त्रीहुँदा के–के गरिन्, हेर्नुहोस् !

स्वास्थ्य मन्त्रालयमा ...,

१. एक वडा एक स्वास्थ्य चौकी निर्माण, एक पालिका एक अस्पताल सुरुवात,
२. सरकारी विद्यालयमा निःशुल्क सेनिटरी प्याडको व्यवस्था, 
३. सबै स्थानीय तहमा बहुक्षेत्रीय पोषण कार्यक्रमको सुरुवात, 
४. सबै अस्पतालमा फिस्टुल र पाठेघरको मुख तथा स्तन क्यान्सर जाँच र सबै नागरिकको स्वास्थ्य निःशुल्क परीक्षणको सुरुवात,
५. एक प्रदेश एक नमूना सरकारी अस्पतालको लक्ष्य अनुरुप वीर अस्पतालबाट सुरुवात गरी स्वास्थ्य संस्था सफाई अभियान संचालन,
६. स्वास्थ्य मन्त्रालयमालाई सूर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषण, 
७. स्वास्थ्यचौकी विहीन १२ सय वडामा स्वास्थ्य चौकी निर्माण गर्न एकैसाथ बजेट विनियोजन गरिएको, 
८. स्वास्थ्य बिमालाई स्याङ्जा समेतका जिल्लाहरुमा विस्तार, 

भूमी, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ...,

१. लिपुलेक र लिम्पियाधुरा सहितको भू–भाग समेटेर नेपालको नयाँ नक्सा प्रकाशन,
२. अतिक्रमित २६४ विघा ५ कट्ठा १५ धुर जग्गा नेपाल सरकारको नाममा फिर्ता र १३ विघा १८ कट्ठा ११ धुर रोक्का राखिएको, 
३. हकबन्दी भन्दा बढीको १० हजार १ सय ९३ विघा जग्गा नेपाल सरकारको नाममा कायम गरी रोक्का, 
४. सरकारी जग्गा संरक्षणका लागि छानविन समिति गठबन, 
५. भूमिसुधार तथा मालपोत र नापी कार्यालयहरुमा आधुनिक प्रविधियुक्त तथा सेवाग्राही मैत्री बनाउन शुरु,
६. अनलाईन सर्भिलेन्स प्रणाली प्रक्रिया लागु, 
७. मालपोत कार्यालयहरु अनलाईन प्रणालीमा गएिको,
८. नापनक्साको क्षेत्रमा पहिलो पटक लाइडर नापी जस्ता अत्याधुनिक प्रविधि प्रयोगको शुरुवात,
९. गाउँ ब्लक नापी, पुनः नापी र द्वन्द्वबाट क्षतिग्रस्त नापनक्सा पुनःस्र्थपना कार्य सम्पन्न गरी ४ हजार ८६९ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण,
१०. नेपाल–भारत सीमाका १ हजार ९३ वटा सीमा स्तम्भ निर्माण र ८९० स्तम्भ मर्मत सम्भार गरिएको,
११. पहिलो पटक सरकारको आफ्नै स्रोत र जनशक्तिबाट सगरमाथाको उचाइ मापन गरिएको,
१२. पहिलो पटक भू–उपयोग ऐन २०७६ र राष्टिङ भूमी नीति २०७५ तयार गरी लागु गरिएको, 

कृषि तथा पशुपंक्षी मन्त्रालयमा ..., 

१. डिजिटल माटोको नक्सा सार्वजनिकीकरण,
२. किसान सूचीकरण,
३. बंगलादेश र उत्तरी नाका (तातोपानी)बाट मल आयात शुरु,
४. कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिमा पहिलो पटक कृषकको स्टल उपलब्ध गरिएको, 
५. दूध ढुवानी साधनको लोगो सार्वजनिकीकरण, 
६. पशपंक्षीजन्य उत्पादनमा आत्मनिर्भर,
७. रासायनिक मल कारखाना स्थापनाको लागि नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत प्राप्त र 
८. उखु किसानको बक्यौता रकम भुक्तानीमा सहजिकरण