समाचार

१३ साउन, काठमाडौं । टोकियो ओलम्पिक २०२० मा नेपालकी गौरिका सिंहले सुधारिएको प्रदर्शन गर्नुभएको छ । महिला एक सय मिटर फ्रिस्टाइल विधा तर्फ पहिलो हिटमा चार पौडीबाजमध्ये तेस्रो हुनुभएकी गौरिकाले निर्धारित दूरी एक मिनेट दशमलब ११ सेकेण्डमा पुरा गर्नुभयो । यसअघि उहाँले विश्व च्याम्पियनशीपमा एक मिनेट दशमलब ६२ सेकेण्ड लगाउनुभएको थियो ।

टोकियो एक्वेटिक सेन्टरमा सम्पन्न महिला सय मिटर फ्रिस्टाइलमा नाइजेरियाकी ओगुन्बान्वो अबोला प्रथम हुनुभयो । उहाँले ५९ः७४ सेकेण्डमा एक सय मिटरको दूरी पार गर्नुभयो । मोन्टेनेग्रोकी एन्टुनोभिक एन्डेलाले १ः००ः०१ सेकेण्ड लगाएर दोस्रो हुँदा ग्वाटेमालाकी गोमेज मिनेरी कुरोतो चार खेलाडीको स्पर्धामा चौथो हुनुभयो ।

महिला एक सय मिटर फ्रिस्टाइल विधामा कुल ५१ पौडीबाज सहभागी भएकोमा गौरिका ५० औं स्थानमा रहनुभयो । अष्ट्रेलियाकी म्याकेन इम्मा प्रथम हुनुभयो । हङ्गकङगकी हौजी एसबी दोस्रो तथा बेलायतकी हप्कीन एन्ना तेस्रो हुनुभयो ।

स्पर्धामा उत्कृष्ट भएका १६ जना सेमीफाइनलमा स्थान सुरक्षित गर्नुभएको छ ।

गोरखापत्र अनलाइन