समाचार

१३ साउन, काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई समर्थन गर्दै सरकारमा सामेल हुने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टी नेपालको बुधबार बसेको बैठकमा मुख्य ३ वटा विषयमा छलफल र निर्णय भएको बताउँदै पार्टी सरकारमा जाने निर्णय गरेको जनता समाजवादी पार्टी नेपालका प्रचार बिभाग प्रमुख डम्बर खतिवडाले बताउनुभएको हो । मन्त्री चयनको जिम्मा अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोककुमार राईलाई दिइएको छ ।

बैठकमा वर्तमान सरकारलाई पार्टीको समर्थन रहेको, सरकारमा कहिले र कसरी सामेल हुने भन्ने विषयमा सकारात्मक दृष्टि निकालेको र यस्को अन्तिम निर्णय हुन बाँकी रहेको तथा पार्टीसँग सम्झौता गरेका नेपाल लोकतान्त्रिक पार्टी, नेकपा एकिकृत मार्क्सवादी र लिम्वुवान राष्ट्रिय मञ्चसँग भएको सम्झौताको बैठकले अनुमोदन गरेको बताउनुभयो ।

पार्टीको बैठक भोलि पनि बस्ने जसपाले जानकारी दिएको छ ।